Notifications

सरस्वती पूजा सम्बन्धी सूचना ।

श्रीपञ्चमीको पुनीत अवसरमा विद्याकी अधिष्ठात्री देवी सरस्वती माताको यही माघ ०९ गते शुक्रबार यस न्यू होराइजन मा.वि. स्थित सरस्वती मन्दिर (मूल भवन, कालिकानगर) मा भव्य रूपमा सरस्वतीको पूजा आराधना गरिने भएको हुनाले आफ्नो ज्ञान, बुद्धि, विवेक अभिवृद्धि गर्न तत्पर सरस्वती भक्त सम्पूर्ण कक्षा प्रि–नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरू पूजा सामग्री (फूल, चन्दन, अक्षता, फलफूल, दक्षिणा आदि) लिई ठिक ७ः३० बजे विद्यालय प्राङ्गणमा उपस्थित हुन सूचित गरिन्छ । नोट ः बजार एरिया र योगीकुटीसम्म मात्र बस सुविधा उपलव्ध हुने छ । बसमा आउने विद्यार्थीहरू ठिक ७ बजे आ–आफ्नो स्टेसनमा आइपुग्नु पर्ने छ । धन्यवाद । प्राचार्य

प्ले ग्रुपमा भर्ना खुल्यो ।

राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्था न्यू होराइजन माध्यमिक विद्यालय, बुटवलमा सरस्वती पूजाको पावन अवसरमा प्ले ग्रुपका लागि सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदै इच्छुक अभिभावकज्यूहरूलाई समयमै भर्ना गरी सिट सुरक्षित गर्नुहुन विनम्र अनुरोध गर्दछौँ । धन्यवाद । प्राचार्य
Attachment:

सोमबार कक्षा सञ्चालन हुने सम्बन्धी सूचना ।

आदरणीय अभिभावकज्यू तथा प्यारा नानीबाबुहरू, मिति २०८२ माघ ५ गते सोमबार सोनाम ल्होसार पर्वको शुभ अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। विद्यार्थीहरूको वार्षिक परीक्षालाई मध्यनजर गर्दै उक्त दिन सम्पूर्ण कक्षाहरू यथावत् रूपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ। धन्यवाद। प्राचार्य

नतिजा प्रकाशन तथा अभिभावक–शिक्षक भेटघाट (PTM) सम्बन्धी सूचना ।

श्रद्धेय अभिभावकज्यूहरू तथा प्रिय नानीबाबुहरू, यस विद्यालयबाट लिइएको दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा विद्यार्थीहरूको शैक्षिक उपलब्धि र गतिविधिसम्बन्धी जानकारी अभिभावकहरूसम्म पुर्‍याउने उद्देश्यले अभिभावक–शिक्षक भेटघाट (PTM) कार्यक्रम निम्न मिति, समय र स्थानमा सञ्चालन हुने जानकारी गराउँदै, आफ्ना छोराछोरी सहित अनिवार्य रूपमा उपस्थित भइदिनुहुन सम्पूर्ण अभिभावकज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौं । कक्षा प्रि–नर्सरी देखि ७ सम्मका लागि मितिः २०८२ माघ ४ गते, आइतबार समयः बिहान १०ः०० बजे देखि दिउँसो २ः०० बजेसम्म स्थानः न्यू होराइजन मा.वि., कालिकानगर कक्षा ८ देखि १० सम्मका लागि मितिः २०८२ माघ ४ गते, आइतबार समयः बिहान १०ः०० बजे देखि दिउँसो २ः०० बजेसम्म स्थानः न्यू होराइजन मा.वि., देविनगर । धन्यवाद प्राचार्य

सूचना ।

आदरणीय अभिभावकज्यू तथा प्यारा नानीबाबुहरू, २०८२ माघ १ गते माघे संक्रान्ति, २ गते प्रदेश सरकालले दिने सार्वजनिक बिदा तथा ३ गते शनिबार भएको हुँदा विद्यालयमा पठनपाठन नहुने व्यहोरा सूचित गरिन्छ । साथै, माघ ४ गते कक्षा प्रि–नर्सरी देखि १० सम्मका कक्षाहरूको PTM कार्यक्रम राख्एिको हुँदा उक्त दिन विद्याथीहरू अभिभावकसहित अनिवार्य उपस्थित हुन हार्दिक अनुरोध गर्दछौँ । त्यसैगरी, माघ ५ गते सोनाम ल्होसार परे तापनि प्याब्सनसँगको सरसल्लाह अनुसार विद्यार्थीहरूको परीक्षा नजिक आइरहेको हुँदा माघ ५ गते सम्पूर्ण कक्षाहरूका पठनपाठन कार्य यथावत् सञ्चालन हुने व्यहोरा सम्पूर्णमा सूचित गरिन्छ । धन्यवाद । प्राचार्य

भुकम्प शिकाई प्रदर्शनी सम्बन्धी सूचना !

मिति २०८२ पौष २९ गते मंगलबार, न्यू होराइजन मा. वि.देवीनगरमा बिहान ८:०० बजेदेखि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नेपाल र न्यू होराइजन माध्यमिक विद्यालयको संयुक्त आयोजनामा भुकम्प शिकाइ प्रदर्शनी (Earthquake Learning Exhibition) सञ्चालन हुने भएकाले कक्षा ८ देखि १० सम्मको पठनपाठन नहुने जानकारी गराउँदै कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू आफ्ना अभिभावकसहित उक्त प्रदर्शनीमा सहभागी भई अवलोकन गर्नुहुन समेत हार्दिक निमन्त्रण गर्दछौं । नोट: १) कक्षा ११ र १२ व्यवस्थापन समूहका बिहानी कक्षा यथावत समयमा सञ्चालन हुनेछन् । २) कक्षा ११ र १२ विज्ञान समूहमा दोस्रो त्रैमासिक परीक्षाको Copy Show हुने छ भने विद्यालमा बस प्रयोग गरी आउने विद्यार्थीले दोस्रो त्रैमासिक परीक्षा समयका आधारमा बसहरु आउने हुनाले सोहि बमोजिम आउनु पर्नेछ । ३) कक्षा प्रि–नर्सरीदेखि ७ सम्मका कक्षाहरू यथावत् रुपमा सञ्चालन हुने छ । धन्यवाद । प्राचार्य

सोमबारदेखि सम्पूर्ण कक्षाहरू सञ्चालन हुने सम्बन्धी सूचना ।

आदरणीय अभिभावकज्यू तथा प्यारा नानीबाबुहरू, मिति २०८२ पौष २७ गते आइतबार पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) को सार्वजनिक बिदा रहेको हुँदा उक्त दिन सम्पूर्ण कक्षाहरूका पठन–पाठन कार्य नहुने व्यहोरा जानकारी गराउँदै मिति २०८२ पौष २८ गते सोमबारदेखि सम्पूर्ण कक्षाहरू यथावत् रूपमा सञ्चालन हुने जानकारी गराउँदछौँ। धन्यवाद। प्राचार्य

सूचना ।

आदरणीय अभिभावक ज्यू, यस न्यू होराइजन मा. वि. को परीक्षा अवधिभर कक्षा प्रि–नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुका लागि दिउँसो १२ः३० मा स्कुल देखि बस छुट्ने र पैदल विद्यार्थीहरुका लागि दिउँसो १२ः४५ मा गेट खुल्ने जानकारी गराउँदछौ । प्राचार्य

परीक्षाको तयारी बिदा सम्बन्धित सूचना ।

आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरू, यस न्यू होराइजन मा. विद्यालयको कक्षा प्रि–नर्सरीदेखि १० सम्मको दोस्रो त्रैमासिक परीक्षा मिति २०८२ पौष १८ गते शुक्रबार देखि सञ्चालन हुन गइरहेको जानकारी गराउँदै, मिति २०८२ पौष १७ गते बिहीबार कक्षा प्रि–नर्सरी देखि १० सम्मका विद्यार्थीहरूलाई परीक्षाको लागि तयारी बिदा दिइएको जानकारी गराउँदछौं । पुनश्चः न्यू होराइजन कालिकानगरको लेखा शाखा पौष १७ र १८ गते बिहान ८ बजेदेखि ४ बजे सम्म र देविनगरको लेखा शाखा बिहान ६ः०० देखि दिउँसो ४ः०० बजे सम्म खुल्ला हुने सम्पूर्णमा जानकारी गराउँदछौँ । धन्यवाद । प्राचार्य
Attachment:

तमु ल्हाेसार पर्वकाे बिदा सम्बन्धी सूचना ।

आदरणीय अभिभावकज्यू तथा प्यारा नानीबाबुहरू, मिति २०८२ पाैष १५ गते मंगलबारका दिन तुम ल्हाेसार पर्वकाे अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्दै उक्त दिन राष्ट्रिय बिदा परेकाले साे दिन सम्पूर्ण कक्षाहरूका पठनपाठन कार्य सञ्चालन नहुने व्यहाेरा सम्बन्धित सबैमा सूचित गरिन्छ । धन्यवाद । प्राचार्य ।

सूचना ।

दोस्रो त्रैमासिक परीक्षालाई मध्यनजर गर्दै यहाँ सञ्चालन भइरहेका बिहान, साँझका खेल अभ्यास तथा दिउँसोका ECA Class परीक्षा अवधिभर बन्द रहने व्यहाेरा जानकारी गराउँदै, निकट भविष्यमा सञ्चालन हुने उपमेयर कप, मेयर कप तथा राष्ट्रपति कप अन्तर्गतका खेल अभ्यासहरू भने सम्बन्धित प्रशिक्षकसँग समन्वय गरी निरन्तर रुपमा सञ्चालन हुने छ । यसका लागि सम्बन्धित प्रशिक्षकसँग सम्पर्क गरी अभ्यास गर्नुहुन अनुरोध गरिन्छ । धन्यवाद । अतिरिक्त क्रियाकलाप संयोजक

आइतबारदेखि कक्षा सञ्चालन हुने सम्बन्धी सूचना ।

आदरणीय अभिभावकज्यू तथा प्यारा नानीबाबुहरू, मिति २०८२ पाैष १३ गते आइतबारदेखि सम्पूर्ण कक्षाहरू (कक्षा प्रि-नर्सरीदेखि १२ सम्म) यथावत् रूपमा सञ्चालन हुने व्यहाेरा सम्पूर्णमा सूचित गरिन्छ । पुनश्चः कक्षा प्रि-नर्सरीदेखि १० सम्मका दाेस्राे त्रैमासिक परीक्षा पुरानो समयतालिका (पाैष १८ गतेबाट) अनुसार सञ्चालन हुने छ । धन्यवाद । प्राचार्य
Attachment:

परीक्षा तथा जाडो बिदा सम्बन्धी सूचना ।

आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरू, मिति २०८२ पौष १० गते बिहीबार इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’ को अवसरमा सार्वजनिक बिदा रहेको, बुटवल उपमहानगरपालिकाको निर्णय अनुसार मिति २०८२ पौष ११ गतेदेखि १४ गतेसम्म जाडो बिदा दिइएको तथा पौष १५ गते तमु ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा भएको हुँदा मिति २०८२ पौष १६ गते बुधबारदेखि सम्पूर्ण कक्षाहरू यथावत् रूपमा सञ्चालन हुने व्यहोरा सम्पूर्णमा सूचित गरिन्छ । पुनश्चः क) कक्षा प्रि–नर्सरीदेखि १० सम्मको दोस्रो त्रैमासिक परीक्षा मिति २०८२ पौष २० गते आइतबारदेखि सञ्चालन हुने छ । ख) कक्षा ११ र १२ को परीक्षालाई लक्षित गरी देवीनगरस्थित लेखा शाखा भोलि खुल्ने भनी सूचना गरिएको भए तापनि लेखा तथा प्रशासन शाखा समेत पौष १५ गते सम्म बन्द रहने व्यहोरा जानकारी गराइन्छ। उक्त बिदाको समयमा विद्यार्थी नानीबाबुहरूले समयको सदुपयोग गरी परीक्षाको राम्रो तयारी गर्न अनुरोध गरिन्छ । धन्यवाद । प्राचार्य
Attachment:

सूचना ।

आदरणीय अभिभावकज्यूहरू, दुई–तीन दिनदेखि तराई क्षेत्रमा अत्यधिक चिसो बढ्दै गएकोले नानीबाबुहरूलाई विद्यालय आउँदा न्यानो कपडा जस्तैः स्वेटर, ज्याकेट, मोजा, पन्जा आदि लगाइ सुरक्षित तरिकाले विद्यालय पठाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद। प्राचार्य

परीक्षा सम्बन्धी सूचना ।

आदरणीय अभिभावकज्यू तथा विद्यार्थी नानीबाबुहरू, यस न्यू होराइजन मा. विद्यालयको कक्षा प्रि–नर्सरी देखि १० सम्मको दोस्रो त्रैमासिक परीक्षा मिति २०८२ पुस १८ गतेबाट सञ्चालन हुने परीक्षा तालिका पठाई सकिएकोले आफ्ना नानीबाबुहरुको पुस मसान्त सम्मको सम्पूर्ण शुल्क विद्यालयमा प्रत्यक्ष वा अनलाइन माध्यमहरुः ई–सेवा वा खल्ती एपबाट भुक्तानी गरी परीक्षाको प्रवेश पत्र लिइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । नोटः उक्त परीक्षाको समय तालिका स्कूलको एप्लिकेशन मार्फत प्रकाशन गरिएको छ । धन्यवाद । प्राचार्य