सोमबारदेखि सम्पूर्ण कक्षाहरू सञ्चालन हुने सम्बन्धी सूचना ।
आदरणीय अभिभावकज्यू तथा प्यारा नानीबाबुहरू
भारी अविरल वर्षाका कारण मिति २०८३ असाेज ११ गते आइतबार सम्पूर्ण कक्षाहरूका पठनपाठन कार्य नहुने व्यहाेरा सम्पूर्णमा जानकारी गराउँदछाै ।
नाेट: असाेज १२ गते साेमबारदेखि सम्पूर्ण कक्षाहरू यथावत् समयमा सञ्चालन हुने व्यहाेरा सम्पूर्णमा जानकारी गराउँदछाैं ।
धन्यवाद ।
प्राचार्य
अत्यन्त जरुरी सूचना ।
आदरणीय अभिभावकज्यू तथा प्यारा नानीबाबुहरू,
सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राखी बुटवल उपमहानगरपालिकाको निर्णयअनुसार यस विद्यालयमा प्रि–नर्सरीदेखि कक्षा १२ सम्म २०८३ असोज ८ गते दिवा सत्रका कक्षाहरू र असोज ९ गते बिहानी तथा दिवा दुवै सत्रका कक्षाहरू बन्द रहने जानकारी गराइन्छ। यस अवधिमा बालबालिकालाई सुरक्षित राख्न, खोला किनार तथा अन्य जोखिमपूर्ण क्षेत्रमा जान नदिन र आवश्यक सतर्कता अपनाउन सम्पूर्ण अभिभावकज्यूहरूमा अनुरोध गर्दछौँ।
धन्यवाद ।
प्राचार्य
Attachment:
मौसम सम्बन्धी सूचना ।
आदरणीय अभिभावकज्यूहरू,
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाले मिति २०८३ असोज ८ गते देखि असोज ११ गतेसम्म मौसममा बदली भई भारी वर्षा हुने पूर्वानुमान गरी सतर्कता अपनाउन अपिल गरेको सन्दर्भमा उक्त दिनहरुमा मौसमको अवस्था हेरी आफ्ना नानीबाबुहरुलाई बिहान विद्यालय पठाउँदा तथा दिउँसो घर आउँदा विशेष निगरानी गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
धन्यवाद ।
प्राचार्य
असोज महिनाको आइतबार कक्षा सञ्चालन हुने सम्बन्धी सूचना ।
यस विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकज्यूहरू,
देशको वर्तमान अवस्था तथा विभिन्न कारणले धेरै दिन बिदाहरू परेको, दशैँ तिहारको लामो बिदा पर्ने तथा त्रैमामिक परीक्षा पनि नजिकिँदै आएको कारण निर्धारित शैक्षिक कार्यतालिकाअनुसार पठनपाठन कार्य पूरा गर्न कठिनाइ हुने देखिएको हुँदा असोज महिनाको ४, ११, र १८ गतेका आइतबारहरूमा नियमित कक्षाहरू सञ्चालन गर्ने निर्णय भएको हुँदा सोही अनुसार हामीले हाम्रो विद्यालयमा पनि उक्त दिनहरूमा नियमित रुपमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
धन्यवाद ।
प्राचार्य
भाद्र २७ गते शनिबार कक्षा सञ्चालन हुने सूचना !
शिक्षक–कर्मचारीहरु, अभिभावक तथा सम्पूर्ण विद्यार्थीहरु,
विद्यालयको शैक्षिक कार्यतालिका अनुसार नियमित कक्षाहरू मिति २०८३ भाद्र २७ गते शनिबार सञ्चालन हुने छ, साथै, हिन्दु महिलाहरूको विशेष पर्व हरितालिका (तीज) को अवसरमा विद्यालयमा मिति २०८३ भाद्र २८ गतेदेखि भाद्र ३१ गतेसम्म विदा रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
मिति २०८३ असोज १ गते बिहीबारदेखि विद्यालय यथावत् रुपमा सञ्चालन हुनेछ ।
धन्यवाद !
प्राचार्य
आइतबार र सोमबार कक्षा सञ्चालन हुने सम्बन्धी सूचना ।
आदरणीय अभिभावकज्यूहरू, शिक्षक तथा कर्मचारीज्यूहरू एवं विद्यार्थी नानीबाबुहरू,
मिति २०८३ भाद्र १९ गते श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्दै उक्त दिन बिदा रहने जानकारी गराउँदछौं ।
नेपाल सरकारको सूचना अनुसार मिति २०८३ भाद्र २३ गते जेनजी शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको हुँदा भाद्र २१ गते आइतबार र २२ गते सोमबार सम्पूर्ण कक्षाहरू यथावत् समयमा सञ्चालन हुने व्यहोरा सम्पूर्णमा सूचित गरिन्छ ।
धन्यवाद ।
प्राचार्य
अत्यन्त जरुरी सूचना ।
आदरणीय अभिभावकज्यूहरू, शिक्षक तथा कर्मचारीज्यूहरू एवं विद्यार्थी नानीबाबुहरू,
यही भाद्र १० गते भोटेकोशीमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो धनजनको क्षति भई हाम्रो देश शोकमा डुबेको अवस्था छ । यस दुःखद घटनाले हामी सबैलाई स्तब्ध र मर्माहत बनाएको छ । उक्त प्राकृतिक विपतिका कारण कैयौँ नागरिकले ज्यान गुमाउनु परेको छ भने धेरै परिवार घरबार विहिन भएका छन् ।
यस दुःखद घडीमा सम्पूर्ण पिडित परिवारप्रति गहिरो दुःख तथा हार्दिक समवेदना व्यक्त गर्दछौं र दिवंगत आत्माहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते हुनुहुने सबैको शिघ्र स्वास्थलाभको कामना गर्दछौं ।
विपद्मा परेका नागरिकहरूको उद्धार कार्यमा राहत पु¥याउने उद्देश्यले यस न्यू होराइजन इ.बो.से.स्कूल तथा यसमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीबाट एकमुष्ट रकम प्रधानमन्त्री राहत कोषमा पठाइ सकिएको छ । यसै संन्दर्भमा बुटवल उप–महानगरपालिकाले पनि १३ दिन सम्म कुनै प्रकारका मनोरञ्जनात्मक कार्यक्रम नगर्न/नगराउन अनुरोध गर्दै प्रशारण गरेको सूचनालाई सम्मान गर्दै हाम्रो विद्यालयले पनि गतबर्षहरूमा गर्दै आइएका कार्यक्रहरू, जस्तै तिज विशेष कार्यक्रम, कृष्ण जन्माष्टमी जस्ता कार्यक्रमहरू नगर्ने/नगराउन हार्दिक अनुरोध गरिन्छ ।
यस सूचनालाई सम्बद्ध सबै पक्षले सकारात्मक रूपमा लिएर सहयोग गर्न समेत अनुरोध छ ।
धन्यवाद ।
प्राचार्य
सहयोगका लागि हार्दिक अपिल :
भोटेकोसीमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ ।
यस विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछाैँ भने शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।
बेपत्ता, घाइते तथा घरबारविहीन भई कठिन परिस्थितिमा रहेका प्रभावित परिवारहरूको पीडामा साथ दिनु हामी सबैको साझा दायित्व हो। त्यसैले उद्धार, राहत तथा पुनःस्थापनाका लागि न्यू होराइजन मा. वि. परिवारका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, पूर्वविद्यार्थी तथा देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आफ्नो क्षमता र स्थानअनुसार सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ ।
सानो सहयोग पनि विपत्तिमा परेकाहरूका लागि ठुलो भरोसा बन्न सक्छ । आउनुहोस्, मानवीय सहयोगका लागि हातेमालो गरौँ ।
दिवङ्गत आत्माहरूले चिरशान्ति प्राप्त गरुन्, बेपत्ता व्यक्तिहरू सकुशल भेटियुन्, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस् र प्रभावित परिवारहरू यथाशीघ्र सामान्य जीवनमा फर्किन सकुन् भन्ने हार्दिक प्रार्थना गर्दछौँ ।
प्राचार्य
रक्षा बन्धन तथा जनै पूर्णिमाको शुभकामना ।
आदरणीय अभिभावकज्यू, शिक्षक–कर्मचारी तथा प्यारा नानीबाबुहरू,
मिति २०८३ भाद्र १२ गते शुक्रबारका दिन रक्षा बन्धन तथा जनै पूर्णिमा पर्व परेको हुँदा उक्त पर्वकोको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । साथै उक्त दिन विद्यालय बिदा रहने व्यहोरा सम्पूर्णमा जानकारी गराउँदछौं ।
धन्यवाद ।
प्राचार्य
Attachment:
छात्रा फुटबल टोली छनोट सम्बन्धी सूचना ।
यस विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका सम्पूर्ण छात्राहरूलाई सूचित गरिन्छ कि विद्यालयले आगामी Asian Paints Champions Cup -2026 मा सहभागिताका लागि छात्रा फुटबल टोली गठन तथा तयारी गर्न लागेको छ । उक्त प्रतियोगिता नेपालका सातै प्रदेशका विद्यालयस्तरीय टोलीहरू सहभागी हुन सक्ने युवा फुटबल प्रतियोगिता हो ।
तसर्थ,इच्छुक छात्राहरूले तोकिएको समयभित्र आवश्यक खेल पोशाक तथा फुटबल जुत्तासहित छनोट/प्रशिक्षणमा अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिन्छ । सबै सहभागी छात्राहरूले प्रशिक्षण तथा छनोटका क्रममा समयपालन, अनुशासन, खेलभावना र सकारात्मक व्यवहार प्रदर्शन गर्नुपर्नेछ ।
प्रशिक्षण सम्बन्धी विवरण
प्रशिक्षण समय ः बिहान ६ बजेदेखि ७ ः३० बजेसम्म
प्रशिक्षण स्थल ः जनज्योति फुटबल मैदान, तिलोत्तमा —४, डिङ्गानगर
बस प्रयोग गर्ने विद्यार्थीहरू भेला हुने स्थान र समय ः New Horizon.E.B.S.School, Kalikanagar बिहान ४ः५० बजेभित्र
नोट ः बस प्रगोग गर्ने सहभागी विद्यार्थीहरूका लागि विद्यालयको निर्धारित तालिकाअनुसार स्कुल बसको व्यवस्था गरिनेछ । स्थानीय विद्यार्थीहरू सिधै मैदानमा जान सक्नेछन् ।
अतिरिक्त तथा खेलकुद विभाग
दोस्रो मासिक परीक्षा सम्बन्धी सूचना ।
आदरणीय अभिभावकज्यू तथा प्यारा नानीबाबुहरू,
मिति २०८३ भाद्र १५ गतेदेखि कक्षा नर्सरीदेखि कक्षा १० सम्मको दोस्रो मासिक परीक्षा सञ्चालन हुने व्यहोरा सम्पूर्णमा जानकारी गराउँदछौँ। उक्त मासिक परीक्षाको समयतालिका विद्यालयको एप्लिकेसनमा राखिएको जानकारी गराउँदछौं ।
धन्यवाद।
प्राचार्य
विद्यालयस्तरीय चेस प्रतियोगिता सम्बन्धी सूचना ।
चेस प्रेमि भाइबहिनीहरू,
विद्यार्थीहरूको तार्किक सोच, एकाग्रता, धैर्यता र निर्णय क्षमता विकास गर्ने उद्देश्यले विद्यालयस्तरीय चेस प्रतियोगिता आयोजना गरिएको छ।
प्रतियोगिताको मिति:
* साउन २७ गते: कक्षा ४–५ (अधिकतम ४० जना)
* साउन २८ गते: कक्षा ६–७ (अधिकतम ४० जना)
* साउन २९ गते: कक्षा ८–१० (अधिकतम ४० जना)
महत्त्वपूर्ण जानकारी:
* प्रतियोगिता लङ गेम (Long Game) हुने भएकाले प्रत्येक समूहमा अधिकतम ४० जना सहभागी मात्र समावेश गरिनेछ।
* जससँग चेस बोर्ड छ, कृपया आफ्नो बोर्ड साथमा ल्याउनुहोस्।
* सहभागी हुन इच्छुक विद्यार्थीहरूले साउन २५ गतेभित्र आफ्नो नाम दर्ता गराउनुहोस्। स्थान सीमित भएकाले पहिले नाम दर्ता गर्ने विद्यार्थीलाई प्राथमिकता दिइनेछ।
सम्पर्क:
शिखर रेग्मी
चेस प्रशिक्षक
9847266658
किशोरीहरुलाई आइरन–फोलिक एसिड खुवाउने सम्बन्धी सूचना ।
आदरणीय अभिभावकज्यू तथा प्यारा नानीबाबुहरु,
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बुटवल उपमहानगरपालिका अन्तर्गत शहरी स्वास्थ्य केन्द्र, बुद्धनगर, बुटवल–११ को आयोजनामा मिति २०८३ श्रावण २२ गते शुक्रबारका दिन कक्षा ५ देखि १० सम्म अध्ययनरत छात्राहरूलाई आइरन–फोलिक एसिड खुवाउने कार्यक्रम रहेको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराउँदछौं ।
धन्यवाद ।
प्राचार्य
कविता लेखन तथा वाचन प्रतियोगिता (कक्षा ८ देखि १०) ।
कविता लेखन तथा वाचन प्रतियोगिता (कक्षा ८ देखि १०) ।
Attachment:
HOW AI WORKS !
Today, our students of grade XII, Computer Stream had a knowledge full session with Dr. Suresh Manandhar, an AI scientist and Honorary Chair of Madan Bhandari University of Science and Technology.