Oct 30th, 2025
श्रद्धेय अभिभावकज्यूहरू तथा प्रिय नानीबाबुहरू,
यस विद्यालयबाट लिइएको अर्ध वार्षिक परीक्षाको नतिजा प्रकाशन तथा विद्यार्थीहरूको शैक्षिक उपलब्धि र गतिविधिसम्बन्धी जानकारी अभिभावकहरूसम्म पुर्याउने उद्देश्यले अभिभावक–शिक्षक भेटघाट (PTM) कार्यक्रम निम्न मिति, समय र स्थानमा सञ्चालन हुने जानकारी गराउँदै, आफ्ना छोराछोरी सहित अनिवार्य रूपमा उपस्थित भइदिनुहुन सम्पूर्ण अभिभावकज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौं ।
कक्षा प्रि–नर्सरी देखि ७ सम्मका लागि
मितिः २०८२ कार्तिक १५ गते, शनिबार
समयः बिहान १०ः०० बजे देखि दिउँसो २ः०० बजेसम्म
स्थानः न्यू होराइजन मा.वि., कालिकानगर
कक्षा ८ देखि १० सम्मका लागि
मितिः २०८२ कार्तिक १५ गते, शनिबार
समयः बिहान १०ः०० बजे देखि दिउँसो २ः०० बजेसम्म
स्थानः न्यू होराइजन मा.वि., देविनगर
कक्षा ११ र १२ का लागि
मितिः २०८२ कार्तिक १५ गते, शनिबार
समयस् बिहान ७ः०० बजे देखि बिहान ११ ः ०० बजेसम्म
स्थानः न्यू होराइजन मा.वि., देविनगर
प्राचार्य