Aug 10th, 2026
न्यू होराइजन युथ रेडक्रस सर्कल र फेमिली प्लानिङ एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा सकारात्मक सोच विकास, तनाव व्यवस्थापन तथा मानसिक स्वास्थ्य सचेतना तालिम मिति २०८३/०४/२५ गते न्यू होराइजन विद्यालयको सभाहलमा सम्पन्न भयो।
उक्त कार्यक्रममा विद्यालयका प्राचार्य वासुदेव अर्याल, उपप्राचार्यद्वय राजीव श्रेष्ठ र राजेश पाण्डे, न्यू होराइजन युथ रेडक्रस सर्कलकी इन्चार्ज सरस्वती ज्ञवाली, शिक्षकहरू, रेडक्रसका पदाधिकारी तथा सदस्यहरू एवं फेमिली प्लानिङ एसोसिएसन अफ नेपालका समन्वयकर्ता लगायतको उपस्थिति रहेको थियो।
तालिममा सकारात्मक सोचको विकास, तनाव व्यवस्थापनका उपायहरू तथा मानसिक स्वास्थ्यको महत्त्वका विषयमा सहभागीहरूलाई जानकारी तथा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रमले विद्यार्थी तथा सहभागीहरूमा मानसिक स्वास्थ्यप्रति सकारात्मक दृष्टिकोण विकास गर्नुका साथै तनावलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।