Feb 1st, 2025
३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।
न्यू होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयकाे त्रिदिवसीय ३५ ओैँ वार्षिकोत्स तथा अभिभावक दिवस विविध कार्यक्रम सहित भव्यताका साथ सम्पन्न गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री ज्ञानेन्द्र कसजूको अध्यक्षतामा माघ १६,१७ र १८ गते गरी तीन दिन कार्यक्रम सञ्चालन भएको हाे ।
पहिलो दिन : माघ १६ गते बाल साहित्य महोत्सव गरिएकाे थियो । प्रा. डा. कपिल लामिछानेज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त महोत्सवमा काठमाडौँबाट बाल साहित्यकारहरू कृष्ण दीप सिग्देल, आन्विका गिरी, अनुराधा र यशु श्रेष्ठकाे उपस्थिति थियो भने बुटवलबाट बाल साहित्यकार पुरुषाेत्तम आचार्य समालोचक डा. शालिकाराम पौडेल लगायत थुप्रै साहित्यकारज्यूहरूको उपस्थित रह्यो । कार्यक्रममा नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशित दुईवटा बाल साहित्यिक पुस्तकहरू विमाेचनपश्चात समीक्षा गरिएको थियो । विद्यार्थीहरू आयुष्मा ज्ञवाली र छवि मिश्रले सञ्चालन गरेको साे कार्यक्रममा न्यू हाेराइजन विद्यालयका मात्र नभई विभिन्न विद्यालयका विद्यार्थीहरूले समेत आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए ।
दाेस्रो दिन माघ १७ गते : न्यू होराइजन भूपू विद्यार्थी परिवार (आन) द्वारा आयोजित पुनर्मिलन भेला कार्यक्रम
सम्पन्न भएको छ । कार्यक्रममा २०५६ साल यताका विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै २०५६ सालको एसएलसी ब्याचको २५ औं वर्ष मनाइएको थियो । कार्यक्रममा गायिका समीक्षा अधिकारीले प्रस्तुति दिएकी थिइन् । कार्यक्रममा विद्यालयका वर्तमान विद्यार्थी र उनीहरूका अभिभावक सहभागी हुने गरी प्यारेन्ट्स किड्स शो आयोजना गरिएको थियो । जसमा निधि श्रेष्ठ प्रथम, अर्विन भुसाल दोस्रो र समाइरा अर्याल तेस्रो स्थान ओगट्न सफल भए । उनीहरुले नगद पुरस्कार साथै ट्रफी प्राप्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि न्यू होराइजन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूले भूपू विद्यार्थीहरूले विद्यालयको नाम उचो पार्दै आ–आफ्नो क्षेत्रमा गरिरहेको कामले विद्यालय परिवारलाई खुसी मिल्ने गरेको बताए । उनले एलुम्नाई स्थापनाले पुराना विद्यार्थी बेलाबखतमा विद्यालयमा आउने र पुराना याद ताजा गर्दै गुरुहरूसँग भेटघाट गर्ने परिपाटीले विद्यार्थी र गुरुबिचको सम्बन्धलाई पनि जीवित राख्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि न्यू होराजन माविका प्राचार्य एवं एलुम्नाइ अफ न्यू होराइजनका संरक्षक लोकनाथ उपाध्यायले आफूले अध्यापन गरेका सुरुदेखिका विद्यार्थीलाई आफूहरूसँग भेट गराइरहने माध्यम बनेको एलुम्नाइ विद्यालयको अभिन्न अङ्ग भएको जनाए । एलुम्नाइ अफ न्यू होराइजनका अध्यक्ष उमेश अमात्यको अध्यक्षतामा भएको कार्यक्रममा एलुम्नाइका सल्लाहकारहरू राजीव श्रेष्ठ, नारायण थापा, सञ्जय ज्ञवाली, निरज लाकोल लगायत एलुम्नाइका पदाधिकारीहरू र सदस्यहरूको उपस्थिति रहेको थियो ।
तेस्रो दिन ः ३५ औं वार्षिकोत्सव मूल समारोहमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री मननीय चेतनारायण आचार्यज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । संस्थागत विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गरी देशको शैक्षिक उन्नयनमा महत्त्वपूर्ण याेगदान दिएको कुरा प्रमुख अतिथि आचार्यले व्यक्त गरे । विद्यालयका प्राचार्य लाेकनाथ उपाध्यायले विद्यालयको स्थापनादेखि हालसम्मको संक्षिप्त प्रगति विवरणका साथै विद्यालयकाे आगामी याेजनाहरूका बारेमा प्रतिवेदन प्रस्तुत गरे । सो समारोहमा विशिष्ट अतिथि बुटवल उपमाहनगरपालिकाका उपप्रमुख श्री सवित्रा अर्याल, २०५६ सालमा बोर्ड प्रथम डा. मनोज बोहोरा, प्याब्सन नेपालका केन्द्रीय सदस्य टीकाराम न्याैपाने,अभिभावक महासङ्ग नेपालका लाेकनाथ ज्ञवाली, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयमा दीर्घकालीन सेवा प्रदान गर्ने शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरिनुका साथै विभिन्न विधामा उकृष्ट शिक्षक तथा कर्मचारीहरूलाई आकर्षक पुरस्कार सहित सम्मान गरिएको थियो । २०७८ र २०८० सालकाे एसइइ परीक्षामा जीपिए ४ ल्याउने तीन जना विद्यार्थीहरूलाई स्वर्ण पदक सहित सम्मान गरिएको थियो । त्यस्तै ०७८-०७९, २०७९-०८० र २०८०-०८१ मा एसएलसी परीक्षा बाेर्ड फस्ट हुने विद्यार्थीहरूका साथै २०७८,२०७९ र २०८० सालको आधारभूत तह परीक्षा बिएलईमा जीपिए ४ ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रमकाे सञ्चालन शिक्षकहरू हरिप्रसाद पाैडेल, कल्पना कुसुम, प्रकाश गाैतम र प्रकाश खनालले संयुक्तरूपमा गरेका थिए ।