दाेस्राे अन्तर विद्यालय जिल्ला स्तरीय लाेक दाेहाेरी प्रतियोगिता २०८१ सम्पन्न :

Dec 14th, 2024

न्यू होराइजन अंग्रेजी आवासीय मा.वि. बुटवलको आयोजनामा दोस्रो विद्यालयस्तरीय दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ । १० वटा विद्यालयले प्रतिस्पर्धा गरेको प्रतियोगितामा जगन्नाथ मा.वि. प्रथम भएको छ । यस्तै न्यू होराइजन मा.वि., बुटवल दोस्रो, शान्ति नमुना मा.वि., मणिग्राम तेस्रो  र सगरमाथा मा.वि., देवदह सान्त्वना भएका छन् । विजेता समूहले क्रमशः १५ हजार, १२ हजार,९ हजार र ६ हजार नगद पुरस्कार, सिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रम उद्घाटन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रिता थापाले निजी क्षेत्रमा सञ्चालित विद्यालयले नेपालको मौलिक कला, संस्कृतिको संरक्षण र कलाकार उत्पादन गर्न टेवा पुग्ने गरी दोहोरी गीत प्रतियोगिता आयोजना गर्नु सह्रानीय काम भएको बताइन् । 
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजू,कोषाध्यक्ष रामेश्वर श्रेष्ठ, प्राचार्य लोकनाथ उपाध्याय लगायतले बोल्दै न्यू होराइजनले शैक्षिक क्रियाकलापसंगै संगीत,कला, साहित्य जस्ता विधामा पनि विद्यार्थीका प्रतिभा प्रस्फुटनका लागि पनि ठुलो लगानी गरिरहेको बताए । 
विद्यालय तहका विद्यार्थीबिच लोक दोहोरी प्रतियोगिता आयोजना गर्ने न्यू होराइजन लुम्बिनी प्रदेशमै पहिलो निजी विद्यालय भएको भन्दै उनीहरुले प्रतियोगिता सम्पन्न गर्न खर्चिलो र चुनौतिपूर्ण भए पनि निरन्तरता दिइएको बताए ।      
कार्यक्रममा उप-प्राचार्यहरत्रय बालकृष्ण भण्डारी, वासुदेव अर्याल, राजीव श्रेष्ठ, कार्यक्रम संयोजक कल्पना पाण्डे, शिक्षकहरु हरिप्रसाद पौडेल, मिलन राना लगायतले आफ्ना भनाइ राखेका विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्यालले जानकारी दिए । विद्यार्थीको दोहोरीमा शिक्षक र विद्यार्थी छमछमी नाचेर मनोरञ्जन लिएका थिए । 
Go Back