न्यू होराईजन बुटवलमा विद्यार्थीले बनाए स्मार्ट अटोमेटिक सेनेटरी प्याड भेन्डिङ्ग मेसिन

Mar 9th, 2023

बुटवलस्थित न्यु होराईजन माध्यमिक विद्यालयका विद्यार्थीले “स्मार्ट अटोमेटिक सेनेटरी प्याड भेन्डिङ्ग मेसिन निर्माण गरेका छन्।
कक्षा ११ अन्तर्गतका विद्यार्थी नेहा रायमाझी, सुवास यादव, मुरली केवट, सेन्सी कार्की र स्नेहा कुँवरको समुहहरुले उक्त मेसिन बनाउनु भएको हो। मेसिनलाई स्कुल र कलेजहरुमा राख्नका लगि निर्माण गरिएको प्रोजेक्ट अन्तर्गतको एक सदस्यले बताए । स्कुल र कलेजको समयमा किशोरी हरुलाई महिनावी भए वा महिनावारीका समयमा उनीहरुले आफूसंग भएको आइडी कार्डको प्रयोग गरी यस मेसिनबाट प्याड निकाली प्रयोग गर्न सकिने निर्माणकर्ता समूहको दाबी छ। ‘ विशेषगरी स्कुल र कलेजमा पढ्ने किशोरीहरुलाई महिनावारी भएको बेला स्कुल कलेजमा एकदमै गार्हो भएको पाइन्छ। यदि कसैलाई महिनावारी भयो भने उनीहरुले खुलेर प्याड माग्न नसक्ने वा भनेको बेला प्याड उपलब्ध नभएको पाइन्छ। यही कुरालाई मध्यनजर गर्दै यस मेसिनको निर्माण गरेका हौँ ।’ समुहकि नेहा रायमाझिले भन्नुभयो। महिनावारी भएका किशोरीहरुले आफूसंग भएको आइडी कार्ड प्रयोग गरी मेसिनबाट सहजै प्याड पाउन सक्ने उनीहरुले बताए।

मेसिनमा हाल ४० वटासम्म प्याड राख्न सक्ने क्षमताको बनाइएको विद्यार्थीहरु बताउँछन् । यो एउटा नमुनामात्रै भएको र आवश्यकता अनुसार मेसिनको क्षमतालाई बढाउन पनि सकिने उनीहरुले बताए ।

न्यू होराईजनको रोबोटिक्स डिपार्टमेन्टको सहयोगमा निर्मित यो प्रोजेक्ट जस्तै अन्य धेरै प्रोजेक्टहरु विद्यार्थीले बनाउँदै आएका छन, विद्यालयमा रोबोटिक्स डिपार्टमेन्ट विद्यार्थीका विभिन्न किसिमका प्रयोगहरुमा सहयोग गर्दै आइरहेको छ भने यहाँ कक्षा ११ मा कम्प्युटर विषय पढ्ने विद्यार्थीलाई छुट्टै तरिकाले रोबोटिक्स विषय नै समावेस गरि निरन्तर रुपमा कक्षा संचालन भईरहेको छ । यहाँ कम्प्युटर का दुई प्रकारका ल्यावहरु छुट्टा छ्ट्टै रहेका छन, जसमा सफ्टवेयर पढ्न र हार्डवेयर तथा रोबोटिक्स पढ्न फरक ल्यावको व्यवस्था गरिएको छ ।

Go Back