न्यू होराईजन बुटवलमा विद्यार्थीले बनाए ‘स्मार्ट सेनिटाइजर डिस्पेन्सर’

Mar 9th, 2023

बुटवल । कोरोना भाइरस र यस्तै खालका हातले छुँदा हुन सक्ने र सेनिटाइजर प्रयोग गर्न आवश्यक पर्ने अवस्थाको लागि सार्वजनिक स्थानमा राख्न सकिने स्मार्ट सेनिटाइजर डिस्पेन्सर निर्माण गरेका छन् ।

न्यू होराईजन आवासीय मा वि बुटवल का कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले उक्त स्मार्ट सेनिटाइजर डिस्पेन्सरको निर्माण गरेका हुन् । यसलाई उनीहरुले कोभिड– १९ जस्तै विभिन्न सरुवा रोगहरुको महामारीलाई राहत दिन निर्मित स्वचालित परियोजना भनेका छन् ।

खासगरी कोरोनाको संक्रमण हातबाट छिटो फैलिने हुनाले उनीहरुले सार्वजनिक स्थानमा सचेतना जगाउँदै निर्माण गरिएको स्मार्ट सेनिटाइजर डिस्पेन्सरलाई राख्ने समेत जनाएका छन् । कोरोना वा अन्य जुनसुकै वेला पनी आफ्नो स्वास्थ्य सुरक्षामा हातको सरसफाई मुख्य रहने र कहिँपनि आवत जावत पस्चात यसलाई घर, अफिस, संघ, संस्था, विद्यालयको वाहिर प्रयोग गर्न सकिने जनाएका छन ।

सडकमा आवतजावत गर्ने र भिडभाडमा कोरोना संक्रमणबाट लाग्न सक्ने भएकाले सेनिटाइजर डिस्पेन्सरको प्रयोग गरे यसबाट हातमा रहेका किटाणु मर्नेकुरा विद्यार्थीहरुले बताए ।

हातहरूको सेन्सरबाटै आफै निश्चित मात्रामा स्यानिटाइजर हातमा झरेपछि मानिसले हातमा लगाउन मिल्ने गरी बनाइएको छ ।

यसमा अन्तरनिर्मित इन्फ्रारेड अल्ट्रासोनिक स्मार्ट सेन्सर राखिएको छ । जसले स्वचालित रूपमा सेनिटाइजर वितरण गर्ने गर्दछ ।

न्यू होराईजनको रोबोटिक्स डिपार्टमेन्टको सहयोगमा निर्मित यो प्रोजेक्ट जस्तै अन्य धेरै प्रोजेक्टहरु विद्यार्थीले बनाउँदै आएका छन, विद्यालयमा रोबोटिक्स डिपार्टमेन्ट विद्यार्थीका विभिन्न किसिमका प्रयोगहरुमा सहयोग गर्दै आइरहेको छ भने यहाँ कक्षा ११ मा कम्प्युटर विषय पढ्ने विद्यार्थीलाई छुट्टै तरिकाले रोबोटिक्स विषय नै समावेस गरि निरन्तर रुपमा कक्षा संचालन भईरहेको छ । यहाँ कम्प्युटर का दुई प्रकारका ल्यावहरु छुट्टा छ्ट्टै रहेका छन, जसमा सफ्टवेयर पढ्न र हार्डवेयर तथा रोबोटिक्स पढ्न फरक ल्यावको व्यवस्था गरिएको छ ।
Go Back