जिल्ला स्तरिय अन्तर विध्यालय छात्रा भलिबल एभरेस्ट इ. बो. स्कुललाई

Mar 9th, 2023

न्यु होराईजन स्पोर्ट्स क्लब द्वारा आयोजित जिल्ला स्तरिय अन्तर विध्यालय छात्रा भलिबल समापन समारोह कार्यक्रम सम्पन्न भएको छ ।
होलि पर्व तथा महिला दिवसको उपलक्षमा विद्यालयहरुविच सुमधुर सम्बन्ध स्थापित गर्दै खेलकुदलाई प्रोत्साहन गर्ने उद्येश्यले आयोजित ३ दिने कायत्तक्रम आज सम्पन्न भएको छ ।
प्रतियोगितामा सहभागी १२ टिमलाई पछि पार्दै प्रथम स्थान हासिल गर्ने एभरेस्ट इ. बो. स्कुल , द्वितीय स्थान हासिल गर्ने कुवरवर्ती इ. बो. स्कुल, तृतीय स्थान हासिल गर्ने न्यु होराइजन इ. बो. से. स्कुल र सानत्वना पुरस्कार प्राप्त गर्ने दीप बोर्डिङ हाइ स्कुललाई प्रमाण पत्र, मेडल, ट्रफि साथै नगद पुरस्कार प्रदान गरिएको छ । कार्यक्रम संचालक क्लवका तर्फबाट यस प्रतियोगिता सव्य र भव्य रुपमा सम्पन्न गराउन अहोरात्र खटिने पदाधिकारीहरु, क्लव सदस्यहरु तथा आफिसिएल रेफ्री टिमलाई विशेष धन्यवाद दिनुभएको छ ।
कार्यक्रमको बारे क्लब का तर्फबाट सम्पुर्ण आर्थिकरभौतिक सहयोगदाताहरुलाई बिशेष धन्यवाद दिंदै क्लबका कोषाध्यक्ष श्री लिला खनालले जानकारी दिनुभयो ।
Go Back