न्यू होराइजन मावि Duke of Edinburgh द्वारा सचेतना तालिम सम्पन्न

Mar 6th, 2023

न्यू होराइजन माविद्वारा सचेतना तालिम सम्पन्न
फागुन २२बुटवल,
न्यू होराइजन मा वि बुटवल ११ देवीनगरमा क्रियाशील क्लवहरु मध्ये Duke of Edinburgh क्लवले मेरी स्टोप्स बुटवलमा यौन ,प्रजनन स्वास्थ्यका बारेमा कक्षा ८, ९ र १० मा अध्ययनरत किशोर किशोरीहरुलाई तालिम प्रदान गरेको छ। तालिमको सहजीकरण मेरी स्टोप्स बुटवलकी स्टाफ नर्स कमला कुँवरले गर्नुभएको थियो।
क्लवका सदस्य विद्यार्थीहरु सहभागी उक्त तालिममा महिनावारी, र यौन एवं प्रजनन् स्वास्थ्य सम्बन्धी विषयमा बृहत् रुपमा जानकारी प्रदान गर्ने एवं किशोरावस्थामा हुने यौन सम्बन्ध एवं गर्भवती हुँदा किशोरीहरुलाई हुन सक्ने शारीरिक र मानसिक दुर्घटना र अपनाउनु पर्ने सावधानीका बारेमा सचेतना प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कुरा क्लवकी संयोजक सिर्जना ताम्राकारले बताउनुभयो।
Go Back