न्यू होराईजनका विद्यार्थीले बनाए ‘सेन्सर’ बाटै बिर्को खुल्ने र बन्द हुने ‘स्मार्ट डस्टबिन’

Mar 3rd, 2023

न्यू होराईजनका विद्यार्थीले बनाए ‘सेन्सर’ बाटै बिर्को खुल्ने र बन्द हुने ‘स्मार्ट डस्टबिन’
बुटवलको कालिकानगरमा स्थित न्यू होराईजन आवासिय माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीले यस्तो ‘डस्टबिन’ (फोहोर फ्याँक्ने भाँडो) निर्माण गरेका छन्, जसको बिर्को आफैं खुल्ने र बन्द हुने गर्छ।

विद्यार्थीले ‘स्मार्ट डस्टबिन’ नाम दिएको उक्त डस्टबिन स्वचालित प्रविधिमा आधारित छ। जुन ‘सेन्सर’ बाट चल्ने गर्छ। भुतपुर्व विद्यार्थीहरुले संचालन गरेको कार्यक्रममा ती विद्यार्थीले स्मार्ट डस्टबिन सार्वजनिक गरेका हुन् । विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको टोलीले निर्माण गरेको स्मार्ट डस्टबिनछेउ मानिस फोहोर लिएर गएपछि यसको बिर्को (ढकनी) आफैं खुल्छ भने मानिस टाढिएपछि आफैं बन्द हुन्छ। मानिसले फोहोर हाल्न यसको बिर्को खोलिरहनुपर्दैन भने फोहोर फालिसकेपछि बिर्को आफैं बन्द हुन्छ।

उनीहरूका अनुसार यो डस्टबिन स्वचालित प्रविधिमा आधारित छ। जसमा कोही यसको छेउमा पुग्नेबित्तिकै काम गर्न थाल्छ। जब कोही डस्टबिन नजिक पुग्छ, यो स्वतः खुल्छ र जब यसबाट पर हुन्छन् तब यो तुरुन्तै बन्द हुन्छ। यसमा चार तत्व प्रयोग गरिएका छन्। जसमा अल्ट्रासोनिक सेन्सर, अडिनो, सर्भाे मोटर र एउटा ब्याट्री प्रयोग भएको छ। साथै, यसमा अल्ट्रासोनिक सेन्सरको २० सेन्टिमिटरको रेडियस राखिएको छ। यसभित्र कुनै पनि वस्तु लिएर आएको खण्डमा आफैं प्रतिक्रिया जनाउँछ। त्यसले डस्टबिनको बिर्को आफैं खुलाउन मद्दत गर्छ। हालसम्म आएका ‘एडभान्स’ डस्टबिन भनेको खुट्टाले थिचेर खोल्ने डस्टबिन हो तर विद्यार्थीले निर्माण गरेको यो डस्टबिनमा फोहोर राख्न त्यति पनि काम गर्नुपर्दैन। मानिस फोहोर लिएर छेउमा गएपछि आफैं खुल्छ र मानिस टाढा गएपछि यसको बिर्को स्वतः बन्द हुन्छ। जुन निकै आधुनिक र रोचक छ।

यो अपाङ्ग व्यक्तिका लागि सबैभन्दा बढी उपयोगी छ। यसले फोहोरको गन्ध बाहिर जान नदिन, मानिसले बोकेको फोहोर सजिलै डस्टबिनमा हाल्न सहज वातावरण सिर्जना गर्छ। मानिसले डस्टबिनको बिर्को फोहोर भएका कारण खोल्न गाह्रो मान्ने तथा खोलेर हाल्न अप्ठेरो मान्ने भएकाले यसले सहजै फोहोर संकलनका लागि सहयोग पुग्ने विद्यार्थीहरू बताउँछन् । ‘कतिपयको बानी बिर्को खोल्न गाह्रो मानेर बाहिर नै फोहोर फाल्ने र बिर्को खोले पनि नलगाइदिने किसिमको हुन्छ। जसले गर्दा प्रदूषण बढी हुन्छ,’ विद्यार्थीहरुले भने, ‘यही समस्या हेरेर हामीले स्मार्ट डस्टबिन निर्माण गरेका हौं।’

उनले यो डस्टबिन घरमा नभएर विशेषगरी सार्वजनिक स्थलमा प्रयोग गर्न निकै उपयोगी हुने बताए। महानगरले तथा सरकारले सार्वजनिक ठाउँमा यस्ता डस्टबिन प्रयोग गर्दा फोहोर व्यवस्थापन गर्न सहज हुने र वातावरण सफा रहने बताउँछन् । ‘हामीले अध्ययनका क्रममा प्रयोगात्मक कार्य गर्दा स्मार्ट डस्टबिन विकास गरेका हौं,’ विद्यार्थीहरुले भने, ‘प्रयोगात्मक कार्य गर्नका लागि खोज्दै र अध्ययन गर्दै जाँदा यसको आइडिया आएको थियो।’

उनले यसलाई तयार गर्न रोबोटिक्स डिपार्टमेन्ट अफ न्यू होराईजनले सहयोग गरेको बताए। उनीहरुका अनुसार न्यू होराइजन आवासिय माध्यमिक विद्यालयले आफ्नो कोर्ष करिकुलममा नै रोबोटिक्स पढाइ समावेस गरेको जानकारी दिएका छन । नेपालमा साइन्स तथा म्यानेजमेन्ट ११ मा रोबोटिक्सको पाठ्यक्रम नै निर्माण गरि यसरी ११ कक्षा संचालन गर्ने यो पहिलो तथा एकमात्र विद्यालयमा पर्दछ भन्दा फरक नपर्ला । यो डस्टविन सार्वजनिक स्थानमा राख्न, अपाङ्गमैत्री बनाउन लगायत काममा स्मार्ट डस्टबिन निकै उपयोगी हुने उनी बताउँछन्। सरकारले यो डस्टबिन प्रयोग गर्न चाहे धेरै महँगो नपर्ने र टिकाउ पनि हुने उनीहरूको भनाइ छ।

हाल विजुलि तथा ब्याट्री जडान गरेर परीक्षण गरिरहेको भए पनि बाहिर राख्दा यसमा सोलार जडान गर्न सकिन्छ। जसका कारण विद्युत आवश्यक पर्दैन। फोहोर बाहिर हाल्नुपर्दा र अरू गाडीमा हाल्नुपर्यो भने यसलाई उठाएर गाडीमा हाल्न सकिन्छ। त्यस्तै यसको पछाडिपट्टि पनि फाहोर निकाल्ने मिल्ने ढकनी राख्ने स्थान बनाइएको छ।

न्यू होराईजन आवासिय माध्यमिक विद्यालय विज्ञान तथा व्यवस्थापन समुहमा कम्प्युटर विषय पढ्न इच्छुक एक अति उत्तम गन्तव्यको रुपमा देखियो । विद्यालयले एक छुट्टै सुविधा सम्पन्न कम्प्युटर ल्याव र छुट्टै रोवोटिक्स ल्याव निर्माण गरि विद्यार्थीलाई यस किसिमको अत्यावश्यक अतिरिक्त ज्ञान सिप दिंदै आएको पाइयो ।
Go Back