खुल्ला चित्रकला प्रतियोगिता

23 January, 2020 9:00 AM - 4:00 PM

हाम्रो यस विद्यालयको ३०औं बार्षिकोत्सव समारोहलाई मध्यनजर गर्दै विद्यार्थीहरु बिचमा रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले यही मिति २०७६/१०/०९ गते बिहिबारका दिन यस न्यू होराइजन मा. वि. को कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरूका बिचमा खुल्ला चित्रकला प्रतियोगिता राखिएको हुँदा कक्षा ८ र ९ मा अध्ययनरत इच्छुक विद्यार्थीहरूलाई सहभागिताको लागि अनुरोध छ ।
शीर्षकहरू ः–
आफूले राम्रोसँग बनाउन सक्ने आफ्नै रोजाइका चित्रहरू जसमा ः नेपालका प्रसिद्ध तीर्थस्थलहरू, प्रसिद्ध ठाँउहरू, शहीदहरू, प्रसिद्ध सहित्यकारहरु, राष्ट्रिय विभूतिहरू, विश्वप्रसिद्ध वैज्ञानिकहरू, आविष्कारक, सुन्दर र रमणीय स्थलहरूका दृश्यचित्र, हाम्रो यस विद्यालयको विगत र वर्तमानसँग सम्बन्धित चित्रहरू साथै कुनै पनि सन्देशमूलक चित्रहरू बनाउन सकिनेछ ।
चित्रकला सम्बन्धी जानकारीहरू
१)  चित्र बनाउँदा आवश्यक पर्ने सामग्रीहरू जस्तै पेन्सील, इरेजर, तथा कलरको व्यवस्था विद्यार्थी स्वयंले गनुपर्ने छ । कागज मात्र विद्यालयबाट उपलब्ध गराईनेछ ।
२)  चित्र बनाउँदा कागजमा आधा इन्च बोर्डर छाडेर बनाउनु पर्नेछ ।
३)  चित्रकला भित्र कुनै पनि कुरा नलेखी चित्र मात्र बनाउनु पर्नेछ ।
४)  आफ्नो नाम, कक्षा र रोल नं. चित्रको पछाडि लेख्नु पर्नेछ ।
५)  चित्रकला सम्बन्धी कुनै जानकारी आवश्यक परेमा चित्रकला संयोजक गंगादत्त ढकाल सरसँग सम्पर्क राख्न सकिनेछ ।
६)  प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै अन्य उत्कृष्ट चित्रहरूलाई विद्यालयको आगामी ३०औं बार्षिकोत्सव समारोहमा प्रदर्शन गरिनेछ ।