21 January, 2020 10:00 AM - 4:00 PM
हाम्रो यस विद्यालयको ३०औं बार्षिकोत्सव समारोहलाई मध्यनजर गर्दै विद्यार्थीहरु बिचमा रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले यही मिति २०७६/१०/०७ गते मंगलबारका दिन यस न्यू होराइजन मा. वि. मा कक्षा २ देखि कक्षा ७ सम्म अध्ययनरत विद्यार्थीहरूका बिचमा चित्रकला प्रतियोगिता राखिएको हुँदा कक्षा २ देखि कक्षा ७ सम्मका सम्पूर्ण विद्यार्थीहरूलाई सहभागिताको लागि अनुरोध छ । शीर्षकहरू ः– कक्षा २ बगैँचा र पुतली आदि कक्षा ३ बगैँचा, फूल र चरा आदि कक्षा ४ बगैँचा, पोखरी, हाँस, फूल, घर आदि कक्षा ५ देखि ७ सम्म आफूले राम्रोसँग बनाउन सक्ने आफ्नै रोजाइका चित्रहरू जसमा ः नेपालका प्रसिद्ध तीर्थस्थलहरू, प्रसिद्ध ठाँउहरू, शहीदहरू, प्रसिद्ध सहित्यकारहरु, राष्ट्रिय विभूतिहरू, विश्वप्रसिद्ध वैज्ञानिकहरू, आविष्कारक, सुन्दर र रमणीय स्थलहरूका दृश्यचित्र साथै कुनै पनि सन्देशमूलक चित्रहरू बनाउन सकिनेछ । चित्रकला सम्बन्धी जानकारीहरू १) चित्र बनाउँदा आवश्यक पर्ने सामग्रीहरू जस्तै पेन्सील, इरेजर, तथा कलरको व्यवस्था विद्यार्थी स्वयंले गनुपर्ने छ । कागज मात्र विद्यालयबाट उपलब्ध गराईनेछ । २) चित्र बनाउँदा कागजमा आधा इन्च बोर्डर छाडेर बनाउनु पर्नेछ । ३) चित्रकला भित्र कुनै पनि कुरा नलेखी चित्र मात्र बनाउनु पर्नेछ । ४) आफ्नो नाम, कक्षा, सदन र रोल नं. चित्रको पछाडि लेख्नु पर्नेछ । ५) चित्रकला सम्बन्धी कुनै जानकारी आवश्यक परेमा चित्रकला संयोजक गंगादत्त ढकाल सरसँग सम्पर्क राख्न सकिनेछ । ६) प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै अन्य उत्कृष्ट चित्रहरूलाई विद्यालयको आगामी ३०औं बार्षिकोत्सव समारोहमा प्रदर्शन गरिनेछ ।