Newhorizon logo

Welcome To

New Horizon English Boarding Secondary School

Notices

Download Newhorizon School App from here

  • Android Users:
    playstore
  • Iphone users:
    appstore
20 Apr 2018

Register Name in Time

This is to be noticed to those students who got promotion to upper grade that their names must be registered in the account section before 13th Baishakh 2075. So that their roll numbers will be listed earlier to others. Otherwise their roll no will be in the last; Who will register their name earlier, they will be issued Libray card and identity card. If any old students won't do it in time, the seats will be occupied by the new comer students. 

17 Apr 2018

Sixth of Baisakh 075

Wel come to a new day and new beginning to all our students on 6 th Baisakh 2075.

13 Apr 2018

हार्दिक शुभकामना

नयाँ बर्ष २०७५ को पावन अवसरमा यस संस्थामा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू, भू.पू. विद्यार्थीहरू, शिक्षक, शिक्षिका, कर्मचारीवर्ग, विद्यालय संचालकज्यूहरू, अभिभावक, शुभचिन्तक तथा समस्त नेपालीहरूमा शुख, शान्ति, संमृद्धि, दीर्घायु एवं  उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।  लोकनाथ उपाध्याय प्राचार्य एवं न्यू होराइजन मा.वि.परिवार  बुटवल , रुपन्देही 

31 Mar 2018

Result Day on 29th Chaitra 2074

It is informed to all guardians, teachers and our beloved students that the final term exam result will be published on 29th Chaitra at 7 am in Kalika Nagar Main Complex. We request for your sincere presence.

14 Mar 2018

Holiday on 30 th Falgun 2074

It is informed to all the stake holders of this institute that school will remain close to organize well wishing program for out going grade ten students.

8 Mar 2018

School on Friday 25 Falgun 2074

It is for kind information to all students and teachers, the school will remain open in spite of bandh rumour on given date.

3 Mar 2018

The school will remain close on 20th Falgun Sunday.

20th Falgun 2074 - Holiday: It is for the kind information to all that the school will remain close on 20th Falgun Sunday due to unavoidable circumstances. (Source: New Horizon Boarding School)

28 Feb 2018

Holiday

As we know that Holy Purnima is on 18th Falgun '074.This is called Terai Holy but on 17th Falgun is also celebrated by Pahadi community. Therefore, our teaching learning will be disturbed on both the days i.e. 17th and 18th Falgun '074. It is a great lose in front the Final Exam as well as SE Exam especially for the students.

Looking this situation, the school administration has decided to run the full classes (SEE preparation in the morning and other classes from Nursery to Nine) on 19th Falgun although it is Saturday. We hope that all of our students and staff shall cooperate the institute.

Thanks for your kind cooperation.

26 Feb 2018

Holiday on 15th of Falgun

It is for a kind information to all stakeholders of this institute, the school will remain close on 15th Falgun as local holiday.

26 Feb 2018

जानकारी सम्बन्धमा

न्यू होराइजन साहित्य परिषद्ले गत मिति २०७४ फागुन १२ गते आयोजना गरेको ५ नं. प्रदेश स्तरीय वृहत् साहित्य सम्मेलन तथा स्रष्टा सम्मान कार्यक्रमको बुद्ध टेलिभिजनद्वारा २०७४ फागुन १५ गते साँझ ७:४५ देखि र पुन: प्रसारण फागुन १६ गते बिहान ११:३० देखि हुने जानकारी गराउन चाहान्छौँ ।

20 Feb 2018

8th Falgun 2074 - Holiday

It is for the kind information to all that the school will remain close on 8th Falgun Tuesday due to unavoidable circumstances.

13 Feb 2018

On falgun 2nd School will remain Close

The school will remain close on Falgun 2,wednesday as local holiday. (Lakhan Thapa Diwas)...

17 Jan 2018

नयाँ भर्ना सम्बन्धमा

यहीँ २०७४ माघ ८ गते सरस्वती पुजाका दिन बिशेष सहुलियतमा नयाँ भर्ना खुल्ला गरिएको जानकारी गराउद छौ | समय: बिहान ८ बजे -- १२ बजे सम्म /

10 Jan 2018

बिदा सम्बन्धि सूचना

राष्ट्रिय एकता दिवसको अवसरमा मिति २०७४-०९-२७ गते एक दिन विद्यालय विदा दिईएको छ र मिति २०७४-०९-२८ शुक्रबार तोकिएको समयमा अभिभावक विद्याथी र शिक्षक भेटघाट कार्यक्रममा सबै उपस्थित हुनुहुन यो सूचना जारी गरिएको छ | 

7 Jan 2018

बिद्यालय संचालन हुने सूचना

आदरणिय अभिभावकज्यू, विद्यार्थी भाईबहिनीहरु, शिक्षक, शिक्षिका तथा कर्मचारी वर्गहरु, आज मिति २०७४ पौष २३ गते आइतबार विशेष कारणबस यस न्यू होराइजन मा.वि. कालिकानगर बन्द रहेता पनि भोलि २०७४ पौष २४ गते सोमबारदेखि बिद्यालय नियमित सन्चालन हुने कुरा संबन्धित सबैमा जानकारी गराउँदछौं ।

7 Jan 2018

सूचना

आदरणिय अभिभावकज्यू, विद्यार्थी भाईबहिनीहरु, शिक्षक, शिक्षिका तथा कर्मचारी वर्गहरु, आज मिति २०७४ पौष २३ गते आइतबार विशेष कारणबस यस न्यू होराइजन मा.वि. कालिकानगर बन्द रहने कुरा संबन्धित सबैमा जानकारी गराउँदछौं ।

1 Dec 2017

सूचना

आदरणिय अभिभावकज्यू, विद्यार्थी भाईबहिनीहरु, शिक्षक, शिक्षिका तथा कर्मचारी वर्गहरु,

२०७४ मंसिर १७ गते आइतबार उधौली पर्व (सार्वजनिक विदा), मंसिर १८ गते सोमबारदेखि २१ गते विहिबारसम्म प्रतिनिधिसभा र प्रदेश सभा चुनावको लागि सरकारले दिएको सार्वजनिक विदा, २२ गते शुक्रबार स्कूलले स्थानिय विदा राखेको र २३ गते शनिबार परेको हुँदा मंसिर २३ गतेसम्म विद्यालय बन्द हुने र २४ गते आइतबारदेखि पठनपाठन नियमित रुपमा संचालन हुने कुरा संबन्धित सबैमा जानकारी गराउँदछौ । 

 

विद्यालय प्रशासन

1 Dec 2017

वादविवाद प्रतियोगिता सम्बन्धी सूचना

यस न्यू होराइजन आवासीय मा.वि. मा अध्ययनरत छात्र छात्राहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले  यही मिति २०७४÷०८÷२९ गते वादविवाद प्रतियोगिताको आयोजना गरिने भएकोले कक्षा २ देखि ७ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई निम्न विषयमा तयारी भई सहभागिता जनाउन सूचित गरिन्छ ।

कक्षा          शीर्षक

२      पातभन्दा फूल राम्रो ।

३      घरभन्दा विद्यालय राम्रो ।

४      सहर भन्दा गाउँ राम्रो ।

५      धनभन्दा विद्या ठुलो ।

६      तरबारभन्दा कलम बलियो ।

७      विदेशभन्दा स्वदेश प्यारो ।

 

साहित्य विभाग संयोजक

कक्षा २ देखि ७

30 Nov 2017

सूचना

मिति २०७४ मङसिर १५ गते शुक्रबार यस न्यू होराइजन मा.वि. बुटवल रूपन्देहीका कक्षाहरु नियमित संचालन हुने कुरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं । 

24 Nov 2017

विद्यालय संचालन हुने सूचना

आज मिति २०७४÷०८÷०८ गते शुक्रबार यस न्यू होराइजन मा.वि. बुटवलका कक्षाहरु नियमित संचालन हुने र  स्कूल बसहरु पनि चल्ने कुरा आदरणीय अभिभावकज्यूहरु, विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरुमा जानकारी गराउन चाहान्छौं । 

विद्यालय प्रशासन

 

8 Nov 2017

सूचना

न्यू होराइजन मा.वि. द्वारा  यही कार्तिक २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुन गइरहेको खेल महोत्सवका अवसरमा विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हुनाले इच्छुक विद्यार्थीहरुले तपसिल बमोजिमका विधाहरुमा तयारी गरेर भाग लिन सूचित गरिन्छ । 

विधा :- कविता लेखन तथा बाचन 

कक्षा १० का लागि :-  सामाजिक, राजनैतिक, साँस्कृतिक विकृतिसंग संबन्धित शीर्षक । 

कक्षा ९ का लागि :- राष्ट्रिय स्वाभिमान, देशप्रेम र प्राकृतिक सुन्दरतासंग संबन्धित शीर्षक ।

कक्षा ८ का लागि ः चरित्र निर्माण, अनुशासन र विद्यार्थी जीवनसंग संबन्धित शीर्षक ।  

विधा :- गायन प्रतियोगिता (कक्षा ८, ९ र १०)

नेपाली गीत मात्र गाउनु पर्नेछ । 

ट्रयाकको व्यवस्था आफैले गर्नुपर्नेछ । 

 

विधा :- वक्तृत्वकला

कक्षा १० का लागि शीर्षक :-  राष्ट्र निर्माणमा युवावर्गाको भूमिका

कक्षा ९ का लागि शीर्षक :- अपाङ्गहरुप्रति हाम्रो दायित्व 

कक्षा ८ का लागि शीर्षक :- विद्यार्थी र अनुशासन

 

पुनश्चः एभरेष्ट इङ्लिस माध्यमिक विद्यालय, बुटवलले देशको विकास: सक्षम नेतृत्व कि स्रोत साधनको प्रचुरता शीर्षकमा आयोजना गरेको जिल्ला स्तरीय वादविवाद प्रतियोगितामा यस विद्यालयबाट सहभागी पठाउनको लागि आन्तरिक प्रतिष्पर्धा कार्तिक २६ गते आइतबार हुने भएकोले इच्छुक विद्यार्थीले तयारी गर्न सूचित गरिन्छ । 

 

हरि प्रसाद पौडेल

साहित्य विभाग प्रमुख

30 Oct 2017

न्यू होराइजन २६औं हाजिरी जवाफ प्रतियोगिता सम्बन्धि सूचना

यस न्यू होराइजन मा.वि. कालिकानगर, बुटवल–११ ले जिल्लाभरिका विद्यालयहरुका बीच आत्मीय सम्बन्ध स्थापित गर्ने तथा ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यले स्थापना कालदेखि नै हाजिरी जवाफ सञ्चालन गर्दै आइरहेको व्यहोरा यहाँलाई अवगतार्थ अनुरोध  छ । यसैको अर्को संस्करण २६ औं जिल्ला स्तरीय अन्तर मा.वि. “न्यू होराइजन रनिङ्ग सिल्ड हाजिरी जवाफ प्रतियोगिता” निम्न मिति, समय र स्थानमा आयोजना गर्ने सम्बन्धी पत्र रुपन्देही जिल्लाका प्रत्येक माध्यमिक विद्यालयमा पठाइसकिएको छ । कुनै कारण वश पत्र प्राप्त नभएको भए त्यसप्रति क्षमा प्रदान गर्नु भई हजुरकोे विद्यालयबाट कम्तीमा एक छात्रासहित तिन सदस्यीय सहभागी टोली शिक्षक प्रतिनिधिका साथमा पठाइदिनु हुन विनम्र अनुरोध छ ।

समुद्घाटन समारोह (हिट राउन्ड तथा सेमी फाइनल राउन्ड)

मिति:- २०७४ कार्तिक ३० गते बिहीबार

समय:- प्रातः १० बजे

स्थान:- न्यू होराइजन कलेज, ड्राइभरटोल

समापन समारोह (फाइनल राउन्ड)

मिति:- २०७४ मङ्सिर ०१ गते शुक्रबार

समय:- प्रातः १० बजे

स्थान:- न्यू होराइजन मा.वि. कालिकानगर, मूल संस्था । 

प्रश्न सोधिने क्षेत्र तथा विषयहरुः  होमराउण्ड (पाठ्यपुस्तक ८, ९ र १० बाट), इतिहास, भूगोल, खेलकुद, सूक्ति, पूरारुप, साहित्य, साहित्यकार र पुरस्कार , समसामयिक, धर्म र संस्कृति, गणित, विज्ञान र प्रविधि, रमाइलो प्रश्न र गाउ“खाने कथा, श्रव्य दृश्य, बजर राउण्ड, रेपिडफायर तथा विविध । 

नोट:- प्रथम, द्वितीय र तृतीय हुने सहभागी टिमलाई क्रमशः रु.२१,०००, रु.१५,००० र रु. १२,००० नगद पुरस्कारसहित शिल्ड, कप तथा प्रमाणपत्र प्रदान गरिने छ । यसै गरी फाइनल चरणमा पुगेका प्रत्येक ३ टिमलाई प्रोत्साहन स्वरुप रु ३००० नगद र प्रमाण पत्र प्रदान गरिने छ । 

विशेष:- सहभागी विद्यालयलाई २०७४ कार्तिक २९ गतेभित्र फोन, Email बाट अथवा आफै उपस्थित भई नाम दर्ता गराउनु हुन अनुरोध गरिन्छ । दर्ता निःशुल्क हुनेछ । साथै कार्यक्रम निर्धारित समयमा सञ्चालन हुने हु“दा ठिक समयमा नै आइपुग्नु हुन अनुरोध छ । 

विस्तृत जानकारीको लागि स्थानीय पत्रिका हेर्नुहोला

फोन नं. ९८५७०२०९७०,  ९८५७०२६३९१, ९८०६९९५२९८, ९८४४७९९८००, ०७१४३७६०२, ०७१४१४३५१ मा सम्र्पक गर्नुहोला । 

संयोजक

22 Oct 2017

Welcome to all students and staff after a festive vacation on Monday 23 October 2017

Welcome to all students and staff after a festive vacation on Monday 23 October 2017.

24 Sep 2017

हार्दिक मंगलमय शुभकामना

विजयादशमी, शुभदिपावली तथा छठ्पर्व २०७४ को पावन अवसरमा यस संस्थामा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू, भू.पू. विद्यार्थीहरू, शिक्षक, शिक्षिका, कर्मचारीवर्ग, विद्यालय संचालकज्यूहरू, अभिभावक, शुभचिन्तक तथा समस्त नेपालीहरूमा शुख, शान्ति, संमृद्धि, दीर्घायु एवं  उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । 

 

लोकनाथ उपाध्याय

प्राचार्य

एवं

न्यू होराइजन मा.वि.परिवार 

बुटवल , रुपन्देही 

 

24 Sep 2017

सूचना

यस न्यू होराइजन मा.वि.मा अध्ययनरत विद्यार्थीहरुले दसै तथा तिहार बिदाको समय सदुपयोग गर्दै कविता, कथा, निबन्ध, गजल, नाटक.... आदि लगायतका विभिन्न विधामा मौलिक  रचनाहरू लेखेर विद्यालय खुलेपछि (मितिः २०७४०७०८ सम्म) साहित्य विभाग समक्ष बुझाउन सूचित गरिन्छ । ति रचनाहरुलाई फ्लाटिन बोर्डमा टास्ने र न्यू होराइजन मासिक पत्रिकामा समेत प्रकाशन गरिनेछ साथै उत्कृष्ट मौलिक रचना लेख्ने विद्यार्थीलाई विशेष पुरस्कारको व्यवस्था गरिनेछ । थप जानकारीको लागि साहित्य विभाग प्रमुख श्रीमती सरस्वती गौतमज्यूलाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

साहित्य बिभाग 

24 Sep 2017

Vacation Notice

This is to be noticed to all the students and teaching and non teaching staff that our school will remain closed from the 11th Ashwin to the 5th Kartik'074. The school will reopen on Monday 6th Kartik'074 on usual time. All the students and the staff must attend their duty on usual time.

The grade 10 will have 15 days special coaching between Dashain and Tihar i.e. from 18th Ashwin onward, therefore; all the grade 10 teaching colleagues and grade 10 students must attend their duty. The timetable will be issued by the respective Coordinator in time. The coaching will be held in the main building, Kalikanagar in the morning at 6:15 am.

The students must come in their own way; there will not be bus service because our bus staff will go far holidays. But our hostel will remain open during coaching period. Those students who are far can get the hostel facility with minimum charges.

I hope that all will take their job very sincerely.

 

Principal

 

1 Sep 2017

सूचना

यहि मिति २०७४/०५/१८ गते आइतबारको दिन मुस्लिम धर्मावलम्बीहरुको महान चाड बक्र इदको उपलक्ष्यमा उक्त दिन यस न्यू होराइजन मा.वि. बन्द हुने र २०७४/०५/१९ गते सोमबारदेखी नियमित कक्षा सञ्चालन हुने कुरा विद्यार्थी, शिक्षक कर्मचारी तथा अभिभावकज्यूहरुमा जानकारी गराउन चाहान्छौं । 

विद्यालय प्रशासन

29 Aug 2017

सूचना

नेपाल टेलिभिजन NTV plus  बाट प्रसारित “प्रतिभाको आँगन” न्यू होराइजन विशेष एकल नृत्य प्रतियोगिताको गत श्रावण १५ गते भएको छनोट चरणमा सफल भई दोस्रो चरणमा प्रवेश गर्न सफल विद्यार्थीहरु बिच सेमि फाइनल र फाइनल चरणका प्रतिस्पर्धाहरु यही भाद्र १६ गते शुक्रबार विद्यालयको सभाहल कालिकानगरमा हुने भएकोले संबन्धीत विद्यार्थीहरुलाई आफु नृत्य गर्ने गीत र नृत्य पहिरनमा विहान ९ः३० बजे उपस्थितीको लागि जानकारी गराईन्छ । साथै संबन्धीत विद्यार्थीका अभिभावकज्यूहरुलाई पनि कार्यक्रम अवलोकनको निमित्त उपस्थित हुनुहुन हार्दिक अनुरोध गरिन्छ । 

पुनश्च ः संबन्धीत विद्यार्थीहरुले भोटिङ् टिकट र शुल्क सोहि दिन बुझाउनु पर्नेछ ।  

 

18 Aug 2017

"Notice to all" (Students and staff)

This is to be noticed to all the (Teaching and nonteaching) Staff and the students from Pre Nursery to grade 10 that during the month of Bhadra, there are more holidays. In between these days we have Teej program on 7th Bhadra on 8th  Bhadra there is Festival (Haritalika Teej) especially for female staff. With only gents, it will be difficult to run the School. On 9th Bhadra in between two days holidays i.e. 8th and 10th, the ratio of presence may be very less, therefore; the school administration has decided to give holiday on 9th Bhadra 074. Instead of this day, we will have classes on 3rd Bhadra 074 although it is Saturday.

 

Thanks for your kind cooperation.

17 Aug 2017

तीज गित तथा नृत्य प्रतियोगिता सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा नेपाली महिलाहरुको महान चाड ‘हरितालीका तीज’ को उपलक्षमा सम्पूर्ण महिलाहरुमा शुभकामना व्यक्त गर्दै  साधा जस्तै यस वर्ष पनि यस विद्यालयमा  निम्न मिति, समय र स्थानमा  तीज गित तथा नृत्य प्रतियोगिताको आयोजना गरिएको हुदा उक्त प्रतियोगितालाई सभ्य र भव्य रुपमा संचालन गर्नुहुन कक्षा प्रि नर्सरी  देखि कक्षा १० सम्मका सम्पूर्ण  शिक्षक, कर्मचारी तथा विद्यार्थी भाई बहिनीहरुलाई सूचित गरिन्छ । 

मिति ः २०७४ साल भाद्र ७ गते बुधबार ।

समय ः विहान ९ः०० बजे 

स्थान ः न्यू होराइजन उ.मा.वि. कालिकानगर (मातृसंस्था)

नोट ः १. सम्पूर्ण विद्यार्थीहरुले आफ्नो पोशाकको व्यवस्था आफैले गर्नु पर्ने छ । 

२. आफ्नो गितको CD/Memory card  भाद्र ४ गते भित्र शिक्षक श्री जगत राना समक्ष पेश गर्नु पर्ने छ ।

३. एउटा प्रतियोगिलाई बढिमा ५ मिनेट समय प्रदान गरिने छ । 

४. प्रि. नर्सरी देखि कक्षा १ सम्म आवश्यक व्यवस्थापन संयोजकज्यूले गर्नुहुनेछ । 

५. कक्षा २ देखि ७ सम्मको लागि प्रत्येक कक्षाबाट दुई ओटा मात्र प्रतियोगि समुह रहने छन् र त्यसको संयोजन कक्षा संयोजकले गर्नुपर्ने छ । 

६. कक्षा ८ देखि १० सम्मको लागि अन्तर क्लव प्रतिस्पर्धा हुनेछ । क्लव इन्चार्ज र क्लव अध्यक्षले समुह तयार गर्नुपर्नेछ ।

७. एक समुहमा कम्तीमा ४ र बढिमा ६ जना हुनेछन्  ।

८. सम्पूर्ण शिक्षकज्यूहरुले विद्यार्थीलाई अनुशासित राख्न आ–आफ्नो क्षेत्रबाट भुुमिका निर्वाह गर्नुहुने छ । 

९. कक्षा २ देखि ७ सम्मको संयोजन शिक्षक श्री हरि कंडेल र कक्षा ८ देखि १० सम्मको संयोजनका लागि शिक्षक श्री प्रकाश खनालले गर्नु हुनेछ । 

१०. निर्णायकको निर्णय अन्तिम हुने छ ।

पुनश्च ः प्रथम, द्धितीय, र तृतिय हुने समुहहरुलाई आकर्षक पुरस्कारद्धारा पुरस्कृत गरिनेछ ।