Newhorizon logo

Welcome To

New Horizon English Boarding Secondary School

News Detail

news-img

न्यु होराइजन सामाजिक तथा सांस्कृतिक क्लवद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

17 Aug 2018

यस न्यु होराइजन अंग्रेजी आबाशीय माध्यमिक बिद्यालयमा रहेको न्यु होराइजन सामाजिक तथा सांस्कृतिक क्लवले ज्येष्ठ नागरिक सम्मान गरेको छ । क्लवले एक कार्यक्रमको आयोजना गरि सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका ८ जना ज्येष्ठ नागरिकलाइ प्रशंसापत्र तथा दोसल्ला ओढाएर सम्मान प्रदान गरेको छ  ।

सम्मानीत हुनेहरुमा ७८ बर्षिय ताराप्रसाद श्रेष्ठ,९३ बर्षिय गंगादेबी पाण्डे,८७ बर्षिय नेत्रबहादुर राना,८० बर्षिय टीकाराम खराल,१०४ बर्षिय ढुण्डिराज नेपाल,९२ बर्षिय भुमादेबी उपाध्याय,८५ बर्षिय मोतिकला नेपाल र ८५ बर्षिय चित्रमान गौचन रहेका छन् । उहाहरुलाइ सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो साथै क्लवका अध्यक्ष सुदीप पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बिद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले क्लवले ज्येष्ठ नागरिकलाइ गरेको सम्मानको प्रशंसा गर्नुभयो । सो अबसरमा सम्मानित ब्याक्तिहरुले आफ्नो अनुभब सुनाउनुभएको थियो ।

 

कार्यक्रममा न्यु होराइजनका सह प्राचार्य बासुदेब अर्याल,बालकृष्ण भण्डारी,राजिब श्रेष्ठ,इसिए इन्चार्ज बालकृष्ण बस्याल,क्लवका इन्चार्ज कल्पना कुसुम,कार्यक्रम संयोजक आकाश भण्डारी,अनुष्का श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।