Newhorizon logo

Welcome To

New Horizon English Boarding Secondary School

News Detail

news-img

२७ औ जिल्ला स्तरीय न्यु होराइजन हाजिरीजवाफ प्रतियोगिताको हिट राउण्ड सम्पन्न

18 Jun 2018

न्यू होराइजनको २७ औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताको हिट राउण्ड असार १ गते न्यू होराइजन कलेज, ड्राभरटोलमा ८० ओटा विद्यालयको सहभागितामा भव्य समारोहका बीच सम्पन्न भएको छ। माननीय मन्त्री लीला गिरीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रमको अध्यक्षता वि. व्य. स. अध्यक्ष ज्ञानेन्द्र कसजूले गर्नुभएको थियो भने संचालन डा. मुरारि पराजुलीले गर्नुभयो। हिट राउण्डबाट ५४ विद्यालय छनोट भएका छन् र तिनीहरूको सेमीफ़ाइनल साउन ३ गते न्यू होराइजन, कालिकानगरमा हुनेछ। न्यू होराइजन संस्थाका प्राचार्य लोकनाथ उपाध्याय, होराइजन जीबीएस् प्राचार्य गोपाल आचार्य, न्यू होराइजन पाल्पा अध्यक्ष निर्मल लाकौल, क्षितिजका अध्यक्ष रामेश्वर श्रेष्ठ, प्याब्सनका कृष्ण खनाल र लेखनाथ पौडेल, अ. सं. का लोकनाथ ज्ञवाली, पुस्तक व्यवसायी हरि अर्याल लगायतको मन्तव्य रहेको कार्यक्रममा स्वागत मन्तव्य का. सं. कृष्ण ज्ञवालीको रह्यो भने दोस्रो चरणको सांगेतिक कार्यक्रमको संचालन हरि पौडेलले गर्नुभएको थियो।