Newhorizon logo

Welcome To

New Horizon English Boarding Secondary School

News Detail

news-img

न्यू होराइजन भू.पू. विद्यार्थी परिवारद्वारा गोष्ठी सम्पन्न

29 Aug 2017

न्यू होराइजन भू.पू. विद्यार्थी परिवार (Alumni of New Horizon) ले यही भाद्र गते शुक्रबार होटल डेनोभोमा स्मार्ट सिटी सम्बन्धी सेमिनार गोष्ठी सुसम्पन्न गरेको आनका अध्यक्ष नारायण बहादुर थापाको अध्यक्षता बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीको प्रमुख आतिथ्यता, न्यू होराइजन संस्थाका प्राचार्य लोकनाथ उपाध्यायको विशिष्ट आतिथ्यता रहेको उक्त सेमिनारका प्रमुख वक्ता Key Note Speaker नेपालमा सर्वाधिक परिचित फिनटेक कम्पनी e-sewa का संस्थापका तथा मुख्य कार्यकारी अधिकृत (CEO)  अजगर अली हुनुहुन्थ्यो । वहान्यू होराइजन संस्थाका एस.एल.सी. व्याज २०५५ का भू.पू. विद्यार्थी एवं न्यू होराइजन भू.पू. विद्यार्थी परिवार (आन) का सदस्य समेत हुनुहुन्छ । कार्यक्रममा प्रमुख अतिथि मेयर शिवराज सुवेदीले आफ्नो योजना अनुरूपको फलदायी कार्यक्रम रहेको बताउनु भएको थियो भने विशिष्ट अतिथि लोकनाथ उपाध्यायले शुभकामना मन्तव्य दिनुभएको थियो । विद्यालयका कम्प्युटर विभाग प्रमुख श्री माधव अर्याललाई सम्मान गरिएको उक्त कार्यक्रमको सञ्चालन शंकर पाण्डेले गर्नुभएको थियो ।