Newhorizon logo

Welcome To

New Horizon English Boarding Secondary School

News Detail

news-img

न्यू होराईजनमा विज्ञान प्रदर्शनी सम्पन्न

11 Aug 2017

न्यू होराईजन बिज्ञान तथा प्रविधि क्लबको आयोजनामा भएको जिल्ला स्तरीय अन्तर विद्यालय विज्ञान प्रदर्शनी न्यू होराईजन मा. वि. का प्राचार्य श्री लोकनाथ उपाध्यायको अध्यक्षता तथा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा आर एन त्रिपाठीको प्रमुख आतिथ्यतामा सु-सम्पन्न भएको छ। जिल्लाका बिभिन्न बिद्यालयबाट ४२ वटा प्रोजेक्टहरू प्रतिस्पर्धामा राखिएका थिए, जसमा तिनाउ बोर्डिङ स्कुलका छात्र कपिल ज्ञवाली प्रथम, होराईजन जिबिएस का सुजिव ज्ञवाली द्वितीय र शान्ति नमुना मा वि का आशुतोष खरेल र राजन भट्टराई तृतीय भएका छन। सम्पूर्ण विजेताहरुलाई नगद पुरस्कार प्रमाण पत्र र शिल्डद्वारा सम्मान गरिएको थियो। उक्त कार्यक्रमको व्यवस्थापन क्लवका ईन्चार्ज जे बि यादव र सन्चालन सुम्निमा श्रेष्ठले गर्नु भएको थियो। निर्णायक मण्डलका संयोजक झुलन पौडेल, बिशिष्ट अतिथि लोकनाथ ज्ञवाली र प्रमुख अतिथि त्रिपाठीज्यू ले उक्त कार्यक्रम अत्यन्तै उत्कृष्ट र उदाहरणीय भएको भन्दै आयोजनाको प्रशंसा गर्नुभएको थियो। प्राचार्यज्यूले क्लबका सदस्य बिद्यार्थीहरुलाई बधाई तथा धन्यवाद र सम्पूर्ण सहभागी बिद्यालय शिक्षक अभिभावक र बिद्यार्थीहरूमा आभार ब्यक्त गर्नुभएको थियो।