प्रदेशस्तरीय अन्तर मा.वि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Feb 22nd, 2024

न्यू होराइजन मा. वि., बुटवलद्वारा आयाेजित लुम्बिनी प्रदेशस्तरीय अन्तर मा.वि हाजिरीजवाफ प्रतियोगिताल - २०८० काे उपाधि बुटवलस्थित एभरेष्ट इ. बाे. से. स्कुलले जितेको छ । विगत ३० वर्षदेखि हरेक वर्ष आयाेजना गरिँदै आइएकाे न्यू होराइजन हारिजीजवाफ प्रतियोगिता विगतमा रुपन्देही जिल्लाभित्रका विद्यालयहरू बिच मात्र गरिँदै आइएकाे थियो भने पछिल्लो समय प्रदेश स्तरमा सञ्चालन गर्न थालिएको छ । पुसदेखि सञ्चालित ३० औं संस्करणको प्रतियोगिता गत मिति २०८० साल पाैष २६ गते शुक्रबार सम्पन्न फाइनलमा एभरेष्ट इ. बो. से. स्कुल बुटवल, प्रथम, दमकडा मा. वि, पाल्पा द्वितीय र सुनगाभा पब्लिक बो. से. स्कूल, मुर्गिया तृतीय भएका छन् । त्यस्तै जनता माावि (जेभिटी) पाल्पा, मेचीकाली इ. बाे. से. स्कुल दाङ र जनज्योति विद्या मन्दिर दाङ सान्त्वना भएका छन् । प्रथमले ३३ हजार, दोस्रोले २४ हजार र तेस्रोले १८ हजार तथा सान्त्वना भएका तीनवटा विद्यालयले ३ हजारका दरले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । प्रतियोगिताको समापन समारोह न्यू हाेराइजन संस्थाका प्राचार्य लाेकनाथ उपाध्यायकाे अध्यक्षता, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन रुपन्देहीका अध्यक्ष श्री अनन्तराम शर्माको प्रमुख आतिथ्यता, कार्यक्रम संयाेजक कमलापति अर्यालको स्वागत र साहित्य विभाग संयाेजक हरिप्रसाद पाैडेलकाे सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति काेषाध्यक्ष रामेश्वर श्रेष्ठ, विद्यालयका उप प्राचार्य त्रय बालकृष्ण भण्डारी, वासुदेव अर्याल, राजिव श्रेष्ठ, प्रतियोगी विद्यालयका शिक्षक प्रतिनिधिहरू, न्यू हाेराइजन विद्यालयका विविध जिम्मेवारीमा रहनुहुने शिक्षक कर्मचारीका साथै हाजिरीजवाफप्रति चासाे राख्ने विद्यार्थीहरूकाे सहभागिता थियो ।
Go Back