न्यू होराईजन कप जिल्ला स्तरीय छात्रा भलिबल प्रतियोगीता सञ्चालन गरिंदै ।

Mar 6th, 2023

बुटवल, न्यू होराईजन स्पोर्टस क्लव बुटवल रुपन्देहीले फाल्गुण २२, २३, २४ गते पहिलोपटक जिल्ला स्तरीय अन्तर विद्यालय छात्रा भलिवल प्रतियोगिता आयोजना गर्न लागेको छ ।
विद्यालयहरु विच सुमधुर सम्वन्ध स्थापित गर्न र छात्राहरुलाई खेलकुदका माध्यमवाट प्रतिस्पर्धी गराई उत्कृष्ट खेलाडी छनौट गर्ने उद्येश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक क्लवका उपाध्यक्ष चेतन ठकुरीले जानकारी गराउनु भएको छ । रुपन्देहीका विद्यालयहरु सहभागिहुने र त्यसवाट उत्कृष्ठ छानीएका विद्यालय र खेलाडील छात्राहरुलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सो प्रथम न्यू होराईजन कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्रा भलिवल प्रतियोगिता २०७९ आयोजना गर्न लागिएको हो ।
Go Back